समाचार

जोशी हाइड्रोपावरमा आगलागी हुँदा ५ करोडको क्षति

नरेन इलामेली
इलाम, जेष्ठ २८ ।
हाइड्रोपावरमा आगलागी हुँदा ५ करोडको क्षति भएको छ । इलामको इलाम नगरपालिका वडानम्बर ४ पुवाखोलामा रहेको जोशी हाइड्रोपावरको टर्वाइन जेनेटरमा अचानक आगलागी हुँदा सो बराबरको क्षति भएको वडाध्यक्ष नुतनदेव दुलालले जानकारी दिनु भयो ।
इन्जिनियर इन्चार्ज सुमित श्रेष्ठका अनुसार, सो जेनेरेटर केही दिन अघिबाटै सञ्चालन हुन छोडेको थियो । मंगलबार अचानक सञ्चालन हुन साथ सो जेनेरेटरबाट आगो निस्किएको हो । आगो नियन्त्रण भन्दा बाहिर गएकाले सो बराबरको क्षति हुन पुगेको बताइएको छ ।
आगो सुरु भएको डेढ घण्टामा मात्र स्थानियबासी, जनप्रतिनिधि, जिल्ला प्रहरी, कर्मचारी लगायतको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । पटक–पटक भन्दा पनि हाइड्रापावरलेले बाटो निर्माणमा वेवास्ता गरेका कारण बाटोको असुविधाले गर्दा इलाम नगरपालिकाको दमकल भने ढिला गरी मात्र पुगेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.