बाहुण्डाँगी । बुटवल लेडी जेसीजको जेसीज सप्ताह २०२२ सुरु भएको छ ।
आईतबारदेखि सुरु भएको जेसीज सप्ताह शुभारम्भको अवसरमा वास्तु ज्ञानबारे जानकारी दिने उद्देश्यले गरिएको कार्यक्रममा
बोल्ने वक्ताहरुले मानव जीवनशैलीका लागि वास्तु ज्ञान अति आवश्यक भएको बताएका थिए ।
मावन जीवनका लागि वास्तु शास्त्र र वास्तु ज्ञान आवश्यक रहेको भन्दै उनिहरुले वास्तुलाई बुझेरमात्र भौतिक संरचनाहरु निर्माण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा ज्योतिष पण्डित जनार्दन न्यौपानेले वास्तुलाई ध्यान दिएरै घर लगायतका भौतिक संरचना निर्माण गर्नुपर्नेमा जोड दिए ।
उनले मानिसको जीवनसँग प्रत्यक्ष घर ९निवास० जोडिएकाले घर निर्माणका लागि वास्तु ज्ञानलाई विशेष ध्यान दिन आग्रह गरे ।

बुटवल लेडि जेसीजका अध्यक्ष अनुपमा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीजका कार्यकारिणि उपाध्यक्ष अनिल बहादुर शाही,राष्ट्रिय उपाध्यक्ष सन्दीप अग्रहरी, बुटवल लेडी जेसीजका संस्थापक अध्यक्ष रेखा कट्टेल, बुटवल जेसिजका अध्यक्ष चन्द्रमणि भुसाल, नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष तथा जेसीआई काउन्सिलर सुमन कृष्ण श्रेष्ठ, लेडि जेसीजका पुर्ब अध्यक्ष सिनेटर राधिका पोखरेल,बुटवल जेसीजका पुर्ब अध्यक्ष राजिव गौतम, जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष रबिन पोखरेल,जेसिज सप्ताहका मुल संयोजक प्रभा गौतमलगायतले जेसीज सप्ताहको सफलताको शुभकामना दिएका थिए ।
आईतबारदेखि सुरु भएको जेसीज सप्ताह विभिन्न रचनात्मक तथा सामाजिक कार्यक्रम गरेर आउने शनिबार सकिने लेडी जेसिजले जनाएको छ ।

