संघ \संस्था

सुर्खेत लेडी जेसीजद्धरा साझा घरमा खाद्यान्न तथा सेनिटरी प्याड वितरण

बाहुण्डाँगी । सुर्खेत महिला जेसीजले प्रजातन्त्र दिवसको अवसर पारेर वीरेन्द्रनगरको साझा घरमा खाद्यान्न तथा सेनिटरी प्याड वितरण गरेको छ । सुर्खेत महिला जेसीज वर्ष २०२२ का अध्यक्ष मनिषा कौशलको अध्यक्षतामा साझा घरमा आयोजित कार्यक्रममा खाद्यान्न र प्याड वितरण गरिएको २०२२ की कार्यकारीणी उपाध्यक्ष कमला बस्याल देवकोटाले बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् सन् २०१५ का अध्यक्ष सुष्मा गिरीले विभिन्न सामाजिक काममा महिला जेसीजले उत्कृष्ट काम गर्दै आएको बताइन् । अध्यक्ष कौशलले साझा घरको आश्रयमा रहेकाहरुका लागि खाद्यान्नका साथै महिला तथा किशोरीहरुका लागि सेनेटरी प्याड वितरण गरिएको बताइन् । उक्त कार्यक्रमको संयोजन कार्यकारीणी उपाध्यक्ष सीता भण्डारीले गरेकी थिइन् भने सञ्चालन मिना गुरुङले गरेकी थिइन् । कार्यक्रममा संस्थाकी निवर्तमान अध्यक्ष लक्ष्मी गुरुङको समेत सहभागिता रहेको थियो । यसैगरी साँझ प्रजातन्त्र दिवसको अवसर पारेर दिप प्रज्वलन समेत गरिएको थियो । प्रजातन्त्र स्थापनामा योगदान गर्ने सहिदप्रति सम्झना स्वरुप दिप प्रज्वलन गरिएको थियो ।