बाहुण्डाँगी । कञ्चन जेसीजको आयोजनामा शनिवार संसदीय वैठक प्रणाली सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम भएको छ । कञ्चन एग्रो रिसोटमा आयोजित प्रशिक्षण कार्यक्रममा कञ्चनसहित ९ शाखामा आवद्ध जेसिज सदस्यहरुको सहभागिता रहेको थियो ।
ःवैठक संचालनका लागि आवश्यक ज्ञानलाई अभिबृद्धि गराउन र सैदान्तिक विषयमा प्रशिक्षण गराउन कञ्चन जेसिजले तालिमको आयोजना गरेको हो ।तालिममा जेसिजको सभा चलाउने विधि, वैठकको विशेषता, कार्यविधि, संचालन प्रक्रिया, बैठक के होरु बैठक कसरी गर्नेरु बैठक गर्नका लागि कुनकुन तत्वको आवश्यकता पर्द्छरु बैठकको नियम के र सफल बैठक आयोजना कसरी गर्ने, तालिममा नेतृत्व कर्तामा हुनु पर्ने गुण, संसदीय सभा प्रणाली बैठक तथा सभा किन गर्ने, बैठकका प्रकार, असल बैठक सञ्चालन गर्ने विधि तथा प्रक्रिया लगायतका विषयमा प्रशिक्षण दिइएको कञ्चन जेसिजका अध्यक्ष जेसी राजन पौडेल शर्माले रेडियो कञ्चनलाई जानकारी दिनु भयो । सहभागीलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नेपाल जेसीजका धरोहर वर्ष १९९७ का राष्ट्रिय अध्यक्ष तथा कुशल प्रशिक्षक जेसीआई सिनेटर रविन्द्र कर्णले प्रशिक्षण दिनुभएको थियो ।

ःतालिममा कञ्चन जेसीज वर्ष २०२२ का लागि निरुपित राष्ट्रिय उपाध्यक्ष सन्दिप अग्रहरी, नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रिय तालिम आयुक्त जेसी मोहन प्रसाद ढुङ्गाना, नेपाल जेसिस बर्ष २०२२ क्षेत्र घ तालिम कोडिनेटर जेसि विर शिहं महराको बिशिष्ट आतिथ्यता रहेको थियो ।
साथै तालिममा कञ्चन जेसीज वर्ष २०२१ कि शाखा अध्यक्ष तथा बर्ष २०२२ कि निबर्तमान अध्यक्ष राधिका चौधरी, कञ्चन जेसीजका धरोहर बर्ष २०२० का शाखा अध्यक्ष साथै बर्ष २०२२ का बोड डाइरेक्टर बाबुराम पौडेल लगाएतको उपस्थिती रहेको थियो ।
ःकञ्चन जेसिस बर्ष २०२२ का अध्यक्ष राजन पौडेल शर्माको अध्यक्षता रहेको तालिममा जेसिजका उपाध्यक्ष नारायण शर्माले जेसिज आस्थापाठ र जेसिजका कार्यक्रम संयोजक तथा कञ्चन जेसिस बर्ष २०२२ का कार्यकारी उपाध्यक्ष धनपति ज्ञवालीको स्वागत मन्तव्य रहेको कार्यक्रम जेसिजका महासचिव बुद्धि प्रसाद रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो भने कञ्चन जेसिज अध्यक्ष राजन पौडेल शर्माले धन्यवाद ज्ञापन गर्नु भएको थियो। कञ्चनसहित ९ शाखाहरुको सक्रिय सहभागितामा तालिम भव्य रुपमा सम्पन्न भएको छ ।

