बाहुण्डाँगी । बुटवलमा जेसिजको बहुशाखा पदाधिकारी तालिम भएको छ ।बुटवल लेडी जेसीजको आतिथ्यता एवं बुटवल लेडी जेसीज,रामग्राम जेसीज,रामग्राम लेडी जेसीज,देवदह जेसीज र शुद्धोधन जेसीजको संयुक्त सहआयोजनामा बहुशाखा पदाधिकारी तालिम भएको हो । तालिममा नेपाल जेसीजका पूर्व अध्यक्ष जेसीआई सिनेटर श्रीधर बस्यालले प्रशिश्रण दिनु भएको थियो । बस्यालले जेसीजको बिषयमाई काम कर्तव्य र जिम्मेवारी साथै शाखालाई नेतृत्वदायी संस्था कसरी बनाउन सकिन्छ र समाजमा सकारात्मक प्रभाव पार्न सकिन्छ भन्ने बिषयमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा ४२ जनाले तालिम लिएको कार्यक्रम संयोजक कमला लम्सालले बताउनुभयो । बुटवल लेडी जेसीजका अध्यक्ष अनुपमा श्रेष्ठ,रामग्राम जेसीजका अध्यक्ष अनिल उपाध्याय,रामग्राम लेडी जेसीजका अध्यक्ष अनिता दवाडी,देवदह जेसीजका निवर्तमान अध्यक्ष केशव पराजुली र शुद्धोदन जेसीजका अध्यक्ष मुकेश कुँवरको संयुक्त अध्यक्षता एवं नेपाल जेसीज वर्ष २०१८ का राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष तथा बुटवल लेडी जेसीजका लागी निरुपित उपाध्यक्ष सन्दिप अग्रहरिको विशिष्ट आतिथ्यता,बुटवल लेडी जेसीजका संस्थापक अध्यक्ष जेसी रेखा शर्मा कट्टेल ज्यू,नेपाल जेसीज (२०२२ का काउन्सिलर एकेडेमी डाइरेक्टर तथा मातृशाखा बुटवल जेसीजका पूर्व अध्यक्ष राजीव गौतम,नेपाल जेसीज(२०२२ का एडभाइजर टू द बोड तथा बुटवल लेडी जेसीजका पूर्व अध्यक्ष एवं सल्लाहकार(२०२२ सिनेटर राधिका पोखरेल , नेपाल जेसीज (२०२२ क्षेत्र घ का तालिम आयुक्त वीर सिं महरा बुटवल लेडी जेसीजका पूर्व अध्यक्ष एवं सल्लाहकार रुपा पाण्डे,पूर्व अध्यक्ष लक्ष्मी थापाको उपस्थिती रहेको थियो।

कार्यक्रममा संयोजक एवं कानुनी सल्लाहकार कमला लम्सालको स्वागत मन्तव्य,उपाध्यक्ष पुनम पन्थको आस्थापाठ,उपाध्यक्ष सोनम पाठकको मिसन भिजन वाचन रहेको थियो भने बिशिष्ट अतिथी सन्दिप अग्रहरिले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा वीर सिं महरा,राजीव गौतम, रेखा कट्टेल एवं चारवटै शाखा अध्यक्षले भनाइ राख्नुभएको थियो। कार्यक्रममा आतिथ्यशाखा बुटवल लेडी जेसीजका अध्यक्ष अनुपमा श्रेष्ठले सम्पूर्णलाई सहकार्य,समन्वय,साथ र उपस्थितीका लागी धन्यवाद दिनुभयो । कार्यक्रम महासचिव संगीता ढकालको संचालनमा भएको थियो ।

