मेचीनगर । नेवा: देय् दबू मेचीनगर अध्यक्षमा उदयकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनु भएको छ । शनिबार धुलाबारीमा भएको नगर अधिवेशनबाट आगामी तीन वर्षको लागि १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा इन्द्र कमल प्रधान, उपाध्यक्षमा शोभा श्रेष्ठ र टंक श्रेष्ठ, सचिवमा
ललितबहादुर प्रधान र रेनुका श्रेष्ठ नेवार, कोषाध्यक्षमा सुजन प्रधानलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा क्रमशः नितु प्रधान, प्रह्लाद श्रेष्ठ, अशोक गुभाजु, लक्ष्मी नारायण श्रेष्ठ, खड्ग (रमेश) श्रेष्ठ र लक्ष्मी श्रेष्ठ रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेवा: देय् दबू झापाका अध्यक्ष दिनेश शाक्यले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरुलाई अविर टीका र खादा पहिर्याएर सम्मान गर्नुभएको थियो ।
उपाध्यक्ष उदय कुमार श्रेष्ठको स्वागत मन्तव्य रहेको कार्यक्रममा प्रमुख अतिथि दिनेश शक्य, मिसा दबु मेचीनगरका अध्यक्ष रेजिना श्रेष्ठ, मिसा दबू, जिल्ला उपाध्यक्ष अनिता श्रेष्ठ, नेवा देय्य दबू जिल्ला सदस्य कमल गुभाजुले शुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम नेवा: देय् दबू मेचीनगर अध्यक्ष जीवन प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो र सचिव टंक श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।

