बाहुण्डाागी । कालिका जेसीजको बार्षिक तालिकामा रहेको जेसीज सप्ताह अन्तर्गत वर्ष २०२२ को जेसीज सप्ताह आइतवारबाट सुरु भएको छ । कालिका जेसीजको सचिवालयमा आयोजित एक समारोहकाबिच नेपाल जेसीजका निवर्तमान अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनलले उद्घाटन गर्नु भएको थियो । उद्घाटन समारोहमा शाखाले पदाधिकारी तथा सदस्यहरुका लागि संसदीय बैठक सञ्चालन प्रणाली सम्बन्धी तालिमको आयोजना गरेको थियो । ४० जना सहभागि तालिमको सहजीकरण बिसहजार जेसीजका पूर्व अध्यक्ष सुरज हमालले गर्नु भएको थियो ।

तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि खनालले शाखा स्थापनाको छोटो समयमा कालिका जेसीजले समाजमा सकारात्मक सन्देशका साथ राम्रो प्रभाव पार्न सफल भएको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका खनालले नेपालका १८ वर्षदेखि ४० वर्षसम्मका युवाहरुको व्यवस्थापन, अन्तरनिहित प्रतिभा प्रस्फुटन, सामाजिक दायित्व निर्माणमा कालिका जेसीजले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो । साथै उहाँले राजनितिक दलहरुले युवाहरुको भविष्यलाई आफ्नो पाटीको झण्डा बोक्ने माध्यमका रुपमा मात्र प्रयोग गरेको र यसलाई चिर्नका लागि जेसीज युवाहरु लाग्नु पर्ने बताउनु भयो ।

शाखाकी अध्यक्ष मेनुका थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिशिस्ट अतिथि कालिका १ का वडा अध्यक्ष सन्तबिर शेङताङ, प्रमुख प्रशिक्षक बीसहजार जेसीजका पुर्ब अध्यक्ष सुरज हमाल, अतिथिहरुमा कालिका जेसीज मानर्थ सदस्य शिव पौडेल, बीसहजार जेसीज अध्यक्ष बेदराज नेउपाने, कालिका जेसीज स्ंस्थापक अध्यक्ष नगेन्द्र तिमिल्सेना, कालिका जेसीज कार्यकारिणी उपाध्यक्ष निराजन सापकोटा लगायतले बोल्नु भयको थियो ।
सप्ताहको मूल कार्यक्रम संयोजक वर्ष २०२२ का कानुनी सल्लाहकार अमृत अमगाई रहनु भएको छ । निर्देशक कमलराज शर्माले जेसीज आस्थापाठ, कार्यकारीणी उपाध्यक्ष निराजन सापकोटाले स्वागत तथा महासचिव प्रेम भट्टराईले सञ्चालन गर्नु भएको थियो । सोही समारोहमा शाखाको तर्फबाट २०२२ को टिसर्ट समेत सदस्यहरुलाई वितरण गरिएको थियो ।

सप्ताह अन्तर्गत सोमवार व्यवसायिक फुल खेती, मंगलवा पशुपक्षी तालिम, बुधवार लागु औषध दुव्र्यसनी विरुद्ध अभिमुखीकरण तालिम, बिहिवार अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता शुक्रवार शैक्षिक सामाग्री वितरण र शनिवार उद्घोषण तालिम सहित सप्ताह समापन हुने मुल कार्यक्रम संयोजक अमृत अमगाईले बताउनु भयो ।


