स्वास्थ्य

झापामा थप १४५ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यू

झापा, बैशाख २४ । झापामा पछिल्लो २४ घण्टामा थप १४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार आज संक्रमित हुनेहरूमा विर्तामोडका २५, दमक २०, कनकाई २०, भद्रपुर १७, गौरादह ९, मेचीनगर ९, कमल ७, हल्दिबारी ६, बुद्धशान्ती ६, अर्जुनधारा ५, शिवसताक्षी ४, बाह्रदर्शी ३, कचनकवल २, र ठेगाना नखुलेको ३ जना रहेका छन् ।

त्यसैगरी झापामा कोरोना संक्रमणका कारण आज थप दुई महिलाको मृत्युु भएको छ । मृत्यु हुनेमा दमक – ३ की ३१ बर्षीय महिला र गौरादह–४ की ५० बर्षीय महिला रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।

योसंगै झापामा कुल संक्रमितको संख्या ५ हजार ९२५ पुगेको छ भने, कोरोना संक्रमणका कारण मृत्यहुनेको संख्या १४६ पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।