संघ \संस्था

हेटौडाँ जेसीजको चौथो संस्करणमा समिक्षा र प्राथना छनोट

बाहुण्डाँगी । हेटौंडा जेसीजको आयोजनामा जारी अनलाइन पब्लिक स्पिकिङ कार्यक्रमको चौथो संस्करणबाट समिक्षा कडँेल र प्राथना शर्मा छनोट भएका छन् ।
शाखाले असार अन्तिम साताबाट गरेको प्रतियोगिताको यो चौथो संस्करण हो। अहिलेसम्म ८ जना प्रतियोगिी छनोट भइसकेका छन् । अब अन्तिम अर्थात पाँचौ संस्करण शनिवार हुँदैछ । त्यसबाट छनोट भएकासहित र अन्य २ जना थप गरी फाइनल प्रतियोगिता हुनेछ । फाइनल प्रतियोगिता भने भौतिक उपस्थितिमा हेटौडामा हुनेछ अध्यक्ष पवन कंशकारले बताउनु भयो ।
शनिवार सम्पन्न प्रतियोगितामा नेपालि हुनुको गौरब कहा छ बिषयमा प्रतियोगिले आफ्ना कुरा राखेका थिए । जेसिआइ हेटौंडा सन २०२२ का अध्यक्ष पवन कुमार कङ्साकारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमको निणायकहरुमा बरिस्ठ समालोचक घनश्याम घिमिरे , साहित्यकार निरा शर्मा ,बरिस्ठ साहित्यकार निमेष निखिल , जेसिआइ हेटौडाका पुर्ब अध्यक्ष जेसिआइ सिनेटर दिपकराज मिश्र रहनु भएको थियो । प्रतियोगितामा १४ जना प्रतियोगीहरुले प्रतिस्पर्धा गरेका थिए । कार्यक्रममा सम्योजकको जिम्मेवारी बिश्वा प्रसाद गौतमले लिनु भएको थियो ।
नेपाल जेसिज रास्टिय कार्यकारिणि उपाध्यक्ष सुनिल तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जेसिआइ हेटौडाका पुर्ब अध्यक्ष एवम बोर्ड सल्लाहकार सिनेटर राजदेब बानियाले सुभकामना मन्तब्य प्रदान गर्नु भएको थियो । कार्यक्रमको अतिथिहरुमा बस्तिपुर जेसीजका अध्यक्ष रमेश उप्रेति ,पालुङ जेसिजका अध्यक्ष जयराम खत्री ,जेसिआइ हेटौडाका पुर्ब अध्यक्षहरु जेसिआइ सिनेटर रबि नेपाल , गणेश कुमार श्रेस्ठ, निरुपित रास्टिय उपाध्यक्ष सिनेटर नरेश्चन्द्र ओझा रहनुभएको थियो । कार्यकारिणी उपाध्यक्ष जेसि शिब कुमार श्रेस्ठ ले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सन्चालन सन २०२२ का जनसम्पर्क अधिकारी श्रवण कुमार बर्तौलाले गर्नु भएको थियो ।