मनोरञ्जन

काँकरभिट्टामा खुल्यो ए.डी म्युजिक स्टोर

मेचीनगर । मेचीनगर ६ स्थित काँकरभिट्टाको बरमेली टोलमा म्युजिक बाद्यबादन सम्बन्धि ए.डी स्टोर सञ्चालनमा आएको छ ।

संगितको पारखीलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको ए.डी स्टोरमा गितार, पियानो, ड्रमसेट, बासुरी, सारङ्गी, ढोलक, हार्मुनियमलगायत सम्पूर्ण बाद्यबादनका सामाग्रीहरू सर्भसुलभ रूपमा उपलबध रहेको सञ्चालक अर्जुन दाहालले बताए । उनले ए.डी म्युजिक स्टोर सञ्चालनमा पन्द्र लाख बढी लगानी गरेको बताए ।

दाहालले यसअघि सोही स्थानमा ए.डी म्युजिक एकाडेमी, ज्याम हाउस र गीत रेकर्डिङ स्टुडियो समेत सञ्चालनमा ल्याइसकेका छन् ।

विगत लामो समयदेखि सांगेतिक क्षेत्रमा सक्रिय रहेका दाहालले सुरू गरेको नँया व्यवसायबाट स्थानीय क्षेत्रमा संगित प्रति रुचि राख्ने र त्यसमा भविष्य खोज्नेहरूका लागि सहज हुने बताए ।