बाहुण्डाँगी । शुक्रवारबाट शुरु हुने क्षेत्र सम्मेलनको सबै तयारी भएको सम्मेलन निर्देशक भगवानबाबु मास्केले बताउनु भयो ।
सम्मेलनको तयारीका बारेमा जानकारी दिँदै निर्देशक मास्केले सबै तयारी पुरा भएको र अब शुक्रवार पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट उद्घटन हुने बताउनु भयो ।
उहाँले क्षेत्र ख का ४३ वटा शाखाका करिब ६ सय ५० जेसीजकर्मीहरुको सहभागिता रहने बताउनु हुँदै यो सम्मेलन गोर्खा जेसीजका लागि ऐतिहासिक सम्मेलन बन्ने बताउनु भयो ।

कार्यक्रम स्थल, मञ्च व्यवस्थापन, अतिथि सत्कार, होटल व्यवस्थापन, प्रचारप्रसारका कार्यहरु सबै पुरा भएको निर्देशक मास्केले बताउनु भयो ।
शाखाका पूर्व अध्यक्ष समेत रहनु भएका मास्केले गोर्खा संग्रालयमा हुने सम्मेलनमा यस जिल्लाका पर्यटकीय र ऐतिहासिक विषयमा आगन्तुक अतिथिहरुलाई जानकारी गराउने बताउनु भयो । सम्मेलनमा सहभागि हुन विहिबारबाटै विभिन्न जिल्लाका अतिथिहरु आउन थालेको समेत उहाँले जानकारी दिनु भयो ।
क्षेत्र ख का लागि निरुपित कार्यकारीणी उपाध्यक्ष सुनिल तिम्सिना, निरुपित उपाध्यक्षहरु रश्मि बस्नेत, कृष्ण श्रेष्ठ र नरेशचन्द्र ओझा रहनु भएको छ ।


