संघ \संस्था

बाहुण्डाँगी जेसीजको झोला पाएपछि इलामका विद्यार्थी दङ्ग

मेचीनगर । बाहुण्डाँगी जेसीज २०२२ को जेसीज सप्ताह अन्तर्गत चौथो कार्यक्रम विद्यार्थीलाई झोला वितरण गरेको छ ।
इलामको रोङ गाउँपालिका वडा नम्बर ६ मा रहेको लामिटार आधारभूत विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरिएको हो । यहाँ अध्ययनरत ३९ जना विद्यार्थीलाई बाहुण्डाँगी जेसीज लोगो अंकित झोला वितरण गरिएको हो । विद्यालयको किताब बोक्ने झोला प्राप्त गरेपछि विद्यार्थीहरुले खुसी व्यक्त गरेका थिए ।


नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक क्षेत्रमा काम गर्दै आएको जेसीजले यो पटक इलाममा पुगेर यहाँका विद्यार्थीहरुलाई झोलासहित विभिन्न शैक्षिक सामाग्री वितरण गरेको थियो ।
शाखाका अध्यक्ष हेमन्त मोक्तानको सभापतित्व तथा मेचीनगर २ का वडा अध्यक्ष दिपक बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरु सन्तोष सुवेदी, जीवन मोते, कञ्चन उप्रेती, विद्यालयका प्रधानाध्यापक लाखबहादुर साँवा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर राई, अभिभावक, शाखाका पदाधिकारी तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।


कार्यक्रम संयोजक तथा कार्यकारीणी उपाध्यक्ष नित्यनन्द चम्लगाईले स्वागत गरेको कार्यक्रमको आस्थापाठ उपाध्यक्ष रोशन गिरी तथा सञ्चालन महासचिव प्रविण भण्डारीले गर्नु भएको थियो ।
एक साता अघि स्वागत बोर्ड राखेर सुरु भएको सप्ताह अन्तरगत कृष्णथुम्कीमा शुद्ध पिउने पानी, जिल्ला स्तरीय भलिबल छनोट प्रतियोगिता सम्पन्न गरिसकेको छ भने शनिवार विभिन्न व्यक्तित्वहरुको सम्मान सहित सप्ताह सम्पन्न हुने मुल आयोजक समितिका संयोजक केवल निरौलाले बताउनु भयो ।