संघ \संस्था

मेचीनगर लेडी जेसीजद्धारा पूर्वेली नौमती बाजा महिलालाई सम्मान

बाहुण्डाँगी । मेचीनगर लेडी जेसीजद्धारा पूर्वेली नौमती बाजा महिला सस्था लाई सम्मान गरेको छ । आज धुलावारीस्थित मेची उद्योग बाणिज्य संघको सभाहलमा आयोजित समारोहमा नेपाली लोक संस्कृतिको जगेर्नाका निम्ति महिलाहरुले खेलेको भूमिकाको उच्च कदर गर्दै सम्मान गरिएको हो । उनीहरुलाई मौलिक सस्कृतिको जगेर्ना सहित ब्यबसायमा स्थापित महिलाहरुको हौसला बढाउने उदेश्यले सम्मान गरिएको हो ।


शाखाकी अध्यक्ष सिता पुरी गिरीको सभापतित्व तथा श्रीनाथ गढ चारआलीका मेजर आकृती घिमिरेको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा मेची उधोग बाणिज्य संघका अध्यक्ष ऋषी तिम्सिना सन्जिवनी महिला बिकास सस्थाकी अध्यक्ष रेनुका डागी, महालक्ष्मी कृषि सहकारीकी अध्यक्ष दुर्गा खतिवडा ,मातृशाखा धुलाबारी जेसिजका अध्यक्ष रबिन्द्र पाठक,कञ्चनजंगा एफ एम का प्रबन्ध निर्देशक चन्द्र भन्डारी मेचीनगर लेडी जेसीजकी सस्थापक अध्यक्ष कबिता शर्मालगायतले बोल्नु भएको थियो ।


कार्यकारीणी उपाध्यक्ष रेजिना श्रेष्ठको संयोजनमा भएको कार्यक्रमको सञ्चालन महासचिव पवित्रा विमलीले गर्नु भएको थियो ।