खेलकुद

इन्टर मिलान युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, साउन २२ । इन्टर मिलान युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको प्रि–क्वाटरफाइनल खेलमा स्पेनिस क्लब गेटाफेलाई २–० गोल अन्तरले पराजित गर्दै इटालियन क्लव इन्टर अन्तिम आठमा पुगेको हो ।

इन्टरलाई जीत दिलाउन रोमेरो लुकाकु र क्रिस्टियन एरिक्सनले एक एक गोल गरे । खेलको ३३औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाए ।

७६औं मिनेटमा गेटाफेका जोर्गे मोलिनाले पेनाल्टीमा गोल गर्न सकेनन् । त्यसपछि खेलको ८३औं मिनेटमा एरिक्सनले गरेको गोल नै इन्टरको जीतमा पर्याप्त रह्यो र अन्ततः खेल २–० ले जीत्यो ।