संघ \संस्था

रोटरी क्लब अफ मेचीनगरको पद हस्तान्तरण सम्पन्न

मेचीनगर । रोटरी क्लब अफ मेचीनगरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बर्ष २०२२/०२३ का लागि नँया कार्य समितिको चयन भएसंगै रोटरी क्लब अफ मेचीनगरको पद हस्तान्तरण गरिएको हो । मेचीनगर ८ स्थित मेची क्राउन होटलमा आयोजना भएको कार्यक्रममा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो ।

May be an image of 5 people, people sitting, people standing and indoor

कार्यक्रममा नगरप्रमुख बुढाथोकी, विशिष्ट अतिथि निकिता गिरी र सरद जोशीले शुभकामना मन्तव्य राखेका थिए ।

नगरप्रमुख बुढाथोकी र सञ्चार उद्यमी पुनम पर्धानलाई मानार्थ सदस्यता प्रदान गरिएको कार्यक्रममा मेची नेत्रालय, रेडक्रस सोसाइटी झापा, पूर्व नेपाल बहुउदेशिय सहकारी संस्था, इष्टहोराइजन मावि, हिमालयन एकाडेमी, मेची उद्योग वाणिज्य संघपाथिभरा क्रसिङलगायत संग सामाजिक सेवामा सहकार्य गर्ने गरी हस्ताक्षरसहित सम्झौता भएको थियो ।

May be an image of 5 people and people standing

रोटरी क्लब अफ मेचीनगरका अध्यक्ष अनन्त प्रकाश वस्तीको अध्यक्षतामा आयोजना भएको कार्यक्रमको सञ्चालन रोटरी क्लब अफ मेचीनगरका सचिव कृष्ण काफ्लेले गरेका थिए ।

May be an image of 6 people, people sitting and people standing

May be an image of 7 people, people standing and indoor