बाहुण्डाँगी । ‘जीवनमा गरेका धेरै कामहरु मध्ये सबै भन्दा खुसी र आनन्द आउने काम गरेको अनुभूति गरेको छु । मैले सोचेको कारागार र त्यसभित्रको वास्तविक कारागार फरक रहेछ ।’ झापा कारागारमा रहेका महिला कैदी बन्दीहरुबिच तिज मिलन कार्यक्रममा सहभागि भएपछि वीरता लेडी जेसीज वर्ष २०२२ की अध्यक्ष संगीता चिमरिया भन्नु भयो–‘सायद यो खुसी मेरो जीवनको सबैभन्दा बढी हो ।’
बिहिवार वीरता लेडी जेसीजको आयोजनामा झापा कारागारमा रहेका महिला कैदी बन्दीहरुसँगको तिज मिलन तथा कपडा वितरण कार्यक्रम सम्पन्न भएपछि आफुले गरेका धेरै कामहरु मध्ये आत्मा सन्तुष्टि प्राप्त गरेको अधयक्ष चिमरियाले बताउनु भयो ।

शाखाकी कानुनी सल्लाहकार हिमा पौडेलले पनि जीवनकै नयाँ अनुभूति हुने काम गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो ।
विभिन्न मुद्धामा कैदी जीवन विताइरहेका महिलाहरुसँग वीरता लेडी जेसीजले तिज मिलन कार्यक्रम सम्पन्न गरेको हो । साथै त्यहाँ रहेका ८२ जना महिला कैदी बन्दीहरुलाई साडी र कुर्ता सुरुवाल वितरण समेत गरेको थियो ।

शाखाकी अध्यक्ष संगिता चिमरियाको सभापतित्व तथा कारागार प्रशासन प्रमुख सुरेन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बरिष्ठ प्रहरी उपरिक्षक कुमार ढकाल, देवी खड्का, सरु भुर्तेल खनाल, सुष्मा भण्डारी पौडेल, पत्रका ज्ञानमणी भुर्तेल, शाखाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । साथै विभिन्न परिकार बनाएर खानुका साथै महिला कैदी बन्दीहरुसँग तिज गितमा नृत्य गरेर रमाइलो समेत गरेका थिए । साथै उहाँहरुलाई सेनीटरी प्याड समेत प्रदान गरिएको थियो । संयोजक सुमित्रा भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव युनिता दवाडीले गर्नु भएको थियो ।

यसैगरी बिहिवार नै शाखाले अपाङ्गता सवलम्बन संस्था विर्तामोडलाई एक थान सेनीटरी प्याड बनाउने मेसिन प्रदान गरेको छ । विर्तामोडमा आयोजित एक समारोहका बिच संस्थाकी अध्यक्ष संगिता चिमरियाले संस्थाका अध्यक्ष दिपक थापालाई हस्तान्तरण गर्नु भएको हो । सेनीटरी प्याड बनाउने मेसिन हस्तान्तरण कार्यक्रमको संयोजक कानुनी सल्लाहकार हिमा पौडेल रहनु भएको थियो ।

