बाहुण्डाँगी । अर्जुनधारा जेसीजद्धारा झापा कारागारमा रहेको महिला कैदीबन्दीलाई तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ । जेसीज सप्ताह अन्तर्गत पाँचौ कार्यक्रम जिल्ला कारागार झापासँग महिलाहरुसँग
तिज मनाएको हो । शाखाका जनसम्पर्क अधिकारी बेदनारायण गोदारको जन्मदिन विषेश कार्यक्रम रहेको उक्त समारोहमा त्यहाँ रहेका ८५ जना महिला कैदीहरुलाई दर खुवाएइको थियो भने महिलाहरु सहभागि जेसीजकर्मीहरुसँग तिज गीतमा छमछमी नाचेका थिए ।

लामो समयदेखि विभिन्न मुद्धमा कैद जीवन विताइरहेका महिलाहरुले तीजको महत्वलाई सार्थक रुप दिन सहभागि भएकोमा आभार व्यक्त गरेका थिए । महिला कारागार प्रशासन प्रमुख रिता राईले हामीलाई सम्झेर यहाँसम्म आएर घरमै रहेर तीज मनाएको अनुभूति गराएकोमा खुसी व्यक्त गर्नु भयो ।

शाखाका अध्यक्ष भीम बहादुर कवँरको सभापतित्व तथा जेलर सुरेन्द्र थापाको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा प्रहरी नायव बरिष्ठ निरिक्षक कुमार ढकाल, सहायक जेलर हिमादेवी पौडेल, बाहुण्डाँगी जेसीजका कानुनी सल्लाहकार देबु बानियाँ, पुरुष कारागारका प्रमुख लय सिवाकोटीको सहभागितामा तिज विषेश कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले यहाँ रहेका महिलाहरुका लागि सीपमुलक कार्यक्रमको आवश्यक रहेको र अर्जुुनधारा जेसीजले आगामी दिनमा विभिन्न तालिम लिएर आउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रम संयोजक बेदनारायण गोदारले स्वागत गर्नु भएको कार्यक्रमको आस्थापाठ सोना गेलाल र सञ्चालन महासचिव बरुण माझीले गर्नु भएको थियो । सप्ताह अन्तर्गत सोमवार टार्फिक सचेतना कार्यक्रम रहेको छ ।

