संघ \संस्था

इन्द्रपुर कन्फ्रेन्सको विराटचोकमा आज भव्य उद्घाटन हुँदै

बाहुण्डाँगी । नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलनको आज भव्य उद्घाटन हुँदैछ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । इन्द्रपुर जेसीजको सचिवालयमा हुने उद्घाटन समारोहका सबै तयारी पुरा भएको र केही समयपछि अर्थात बिहान करिब ११ बजे सम्मेलनको औपचारिक उद्घाटन हुनेछ । उद्घाटनपछिका सबै कार्यक्रम नेपालीरिका होटलमा हुने शाखाका अध्यक्ष भवानी ढकालले जानकारी दिनु भयो ।
उद्घाटन समारोहमा गत स्थानीय निर्वाचनमा निर्वाचत जनप्रतिनिधिलाई सम्मानको कार्यक्रम समेत रहेको छ । सम्मेलनमा क्षेत्र क का ४३ शाखाका जेसीज सदस्यहरुको सहभागिता रहनेछ ।