संघ \संस्था

बिर्ताज्योति साप्ताहिक आठौं बर्षमा

बिर्तामोड । झापाको बिर्तामोडबाट हरेक मंगलबार प्रकाशन भइरहेको बिर्ताज्योति साप्ताहिक आठौं बर्षमा प्रवेश गरेको छ ।

२०७२ सालदेखि निरन्तर प्रकाशन भइरहेको बिर्ताज्योति साप्ताहिकले अनलाईन संस्करण बिर्ताज्योति डटकममार्फत देशविदेशका लाखौं नेपालीलाई सूसुचित गर्दै आइरहेको छ ।

नेपाल सरकार सूचना तथा प्रविधि मन्त्रालय र प्रेस काउन्सीलको वर्गीकरणमा ख वर्गमा वर्गीकृत हुन सफल बिर्ताज्योति साप्ताहिकलाई आगामी दिनमा अझ परिस्कृत र जनचाहना अनुरुप प्रकाशन गर्दै लैजाने बिर्ताज्योति साप्ताहिकका प्रकाशक तथा सम्पादक तुलसीप्रसाद निरौलाले बताए ।

बिर्ताज्योति साप्ताहिक आठौं वर्षमा प्रवेश गरेको अवसरमा पत्रिकाका प्रकाशक तथा सम्पादक तुलसीप्रसाद निरौलाले सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, कर्मचारी र शुभचिन्तक सबैमा धन्यावाद ज्ञापन गर्दै आगामी दिनमा समेत साथ र सहयोगको अपेक्षा गरेका छन् ।

बिर्ताज्योति साप्ताहिक आठौं वर्षमा प्रवेश गरेको अवसरमा नेपाल पत्रकार महासंघ , नेपाल पत्रकार महासंघ प्रदेश नं. १ र नेपाल पत्रकार महासंघ झापा शाखाले वधाई तथा शुभकामना दिएका छन् ।