स्वास्थ्य

काँग्रेस महामन्त्री शर्मा अस्पताल भर्ना

झापा । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अस्पताल भर्ना भएका छन् । देश दौडहमा रहेका शर्मा स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका हुन् । शर्मा पिसाब नलीमा भएको पथ्थरीको उपचारका लागि अस्पताल भर्ना भएका हुन् ।

काठमाण्डौका महाराजगञ्जस्थीत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार गराईरहेका शर्माको आज विहान ११ बजे अप्रेशन सुरु हुने बताइएको छ । केही समय अघि शर्माको देब्रे मृगौलामा १० एम एमको पथ्थरी देखिएको थियो । स्वास्थ्य अवस्था सामान्य रहेको बेला केही दिन अघि अचानक धेरै दुखाई भएसंगै स्वास्थ्य परीक्षण गराउँदा पथ्थरी मृगौलाबाट पिसाब नलीमा सरेको र तत्काल अप्रेशन गर्नु पर्ने चिकित्सकको सल्लाहा अनुसार उनी अस्पताल भर्ना भएको परिवार स्रोतले जनाएको छ ।