राजनीति संघ \संस्था

मेचीनगरबासीलाई निरास हुन दिने छैन: नगर प्रमुख आचार्य

झापा, अषाढ ९ । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले मेचीनगरबासीले जुन कामका लागि विश्वास गरेर निर्वाचित गराएका हुन आफु त्यस कार्यमा नै दत्तचित्त भएर लागिरहको बताएका छन् ।
शुक्रबार काकँरभिट्टामा पत्रकार सम्मेलन गर्दै नेकपा नगर संसदीय दलले विकास निर्माणमा ‘मेयर हाबी भएका कारण जनताले सोचे अनुरुप विकास निर्माण कार्यहरु हुन नसकेको आरोप लगाएका थिए । त्यसको प्रतिकार गर्दै नगर प्रमुख आचार्यले त्यस्तो आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
नगर प्रमुख आचार्यले भने संविधान ऐन कानुन लगायतका प्रावधानले नै मेयरलाई नगरको कार्यकारी प्रमुख तोक्दै उसको काम, कर्तव्य र अधिकार प्रष्ट उल्लेख गरेको हुदा, आफुले त्यही परिधिमा रहेर नगरमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको बताए ।
जनताको भावना अनुसार समग्र नगरको विकास र विस्तारमा अनवरत लागि रहेको खण्डमा पनि नेकपा संसदीय दलले विकास निर्माणमा मेयर हाबी भएको भनि पत्रकार सम्मेलन गर्नु आफु आश्चर्यजनक भएको बताएका छन् । प्रमुख आचार्यले भने ‘कार्यपालिकाका उपमेयर, वडाध्यक्षहरु तथा सदस्यहरु सबैसँग निरन्तर समन्वय भईरहेको छ । जनप्रतिनिधिले ऐन, नियम र जनताको आदेश अनुसार कुनै पार्टीको दायराभन्दा माथि उठ्दै नगरपालिकाको साझा योजनाबाट अघि बढ्नु पर्ने बताए । मेयर, उपमेयर, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु सबैको सहभागितामा नगरका योजना बन्ने हो । अनि कसरी मेयर हाबी भयो ? नेतृत्वदायी भुमिका कार्यकारी प्रमुखले गर्ने हो तर विकास निर्माणका कार्यहरुमा सबै संग सहकार्य र छलफल बाट मात्रै अगाडी बड्ने गरेको आचार्यले बताए ।

Leave a Reply

Your email address will not be published.