झापा, अषाढ ७ । अन्र्तराष्ट्रिय ओलम्पिक दिवश तथा अन्र्तराष्ट्रिय पतञ्जली योग दिवशको सन्दर्भ पारेर शनिबार झापामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा जुडो खेलको प्रदर्शन गरिएको छ ।

जिल्ला जडो संघले भद्रपुर ६ स्थित कृष्ण द्धैपायन गुरुकुल वेद विद्याश्रम परिसरमा आयोजना गरेको सो कार्यक्रमको उद्घाटन विद्याश्रमका प्राचार्य महेन्द्र भट्टराईले गरेका थिए ।
सो अवसरमा संघका मोरङ सचिव जगतबहादूर खड्का, सिन्दो काइकान करातेका झापा सचिव गोविन्द कोइराला, मेची अञ्चल अस्पताल सञ्चालक समिति सदस्य लक्ष्मण पोखरेल, भद्रपुर ४ नम्बर वडा सदस्य दिलीप लिम्बूलगायतले शुभकामना दिए ।

विद्याश्रमको सामुदायिक सत्सङ भवनमा आयोजित कार्यक्रममा जुडोका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी र विद्याश्रमका खेलाडीहरुले जुडोको डेमोस्ट्रशन शो गरेका थिए । त्यसक्रममा सहभागी अतिथि तथा खेलाडीहरुलाई अन्र्तराष्ट्रिय र नेपाल ओलम्पिक कमिटीबाट प्राप्त ओलम्पिक डेको प्रमाण पत्र प्रदान गरिएको थियो ।

संघका जिल्ला अध्यक्ष प्रा.डा.पृथ्वीविक्रम राईको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत संघका केन्द्रीय सचिव हेमराज भण्डारी र सञ्चालन केन्द्रीय सदस्य गंगाबहादूर खड्काले गरेका थिए ।

