संघ \संस्था

पोखरा लेडी जेसीजको ६ दिने सिपमुलक तालिम शुरु

बाहुण्डाँगी । पोखरा लेडी जेसीको आयोजनामा पोखरामा मंगलबारदेखि एक हप्ते सिपमुलक तालिम शुरु भएको छ ।
आगामी असोज ९ गतेसम्म सञ्चालन गरिने तालिमको पोखरा महानगरपालिका वडा नम्वर ८ का अध्यक्ष रुद्रनाथ बरालले उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै बरालले दैनिक जीवनमा प्रयोगमा आउने सरसफाई सामाग्री बनाउने तालिमले उद्यमी बन्न सघाउने हुँदा तालिमपछि सिकेका कुरालाई व्यवहारमा उतार्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।
संस्थाले उद्यमी बन्न चाहनेलाई उद्यमी र बेरोजगारलाई रोजगार बनाउने उद्देश्यले सञ्चालन गरेको तालिममा घरयासी सरसफाईको क्रममा प्रयोगमा आउने साबुन, सरफ, हरपिक लगायतका सामाग्री बनाउन सिकाइने कार्यक्रम संयोजक दिपा भण्डारी पौडेलले जानकारी दिइन् ।


संस्थाले दुरदर्शी यूवा नेता आजको आवश्यकता सार्थक पार्न विगत लामो समयदेखि विभिन्न तालिम र अभ्यासको माध्यमबाट यूवाहरुको व्यक्तित्व र क्षमता अभिवृद्धि गराउन सफल विश्वविद्यालयको रुपमा विभिन्न कार्यक्रम गर्दै आइरहेको संस्थाका अध्यक्ष लक्ष्मी अधिकारीले जानकारी दिइन् ।
पोखराको सिर्जनाचोकस्थित जाल्पादेवी बहुउद्देश्यीय विकास भवनमा सञ्चालन भएको तालिममा २२ जना वढीको सहभागिता रहेको छ । उनीहरुलाई सजना नकर्मीले प्रशिक्षण दिने संस्थाकी सचिव प्रमिला सुवेदीले जानकारी दिइन् ।
कार्यक्रममा जाल्पादेवी बहुउद्देश्यीय बिकास समितिका अध्यक्ष विजुक्छे एबम पुर्ब अध्यक्ष सपना गिरि ज्यु ले अतिथिका तर्फबाट शुभकामना मन्तव्य राखनु भयेको थियोे । संस्थाका निवर्तमान अध्यक्ष विनिता सापकोटा, पूर्व अध्यक्ष सपना गिरी, सचिव प्रमिला कुँवर सुवेदी, कार्यकारी उपाध्यक्ष सरस्वती क्षेत्री थापा, कानूनी सल्लाहकार लक्ष्मी कुँवर थापा लगायतको उपस्थिती रहेको थियो ।