शिक्षा

विद्यार्थीलाई छात्रबृती वितरण

झापा, अषाढ ११ । मेचीनगर ८ स्थित मेची विद्योदय आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच छात्रबृती प्रदान गरिएको छ ।
विद्यालयको सभाहलमा बुधबार सम्पन्न कार्यक्रममा नेपाल सरकार शिक्षा मन्त्रालयबाट बिनियोजित छात्रबृती कार्यक्रम अन्तर्गतको रकम विद्यालयमा अध्ययनरत छात्राहरु साथै दलित तथा अपाङ्गता भएका विद्याथीहरुलाइ प्रदान गरिएको थियो । अपाङ्गता भएको विद्यार्थीलाई नगद ५ हजार प्रदान गरिएको थियो । विद्यालयमा अध्ययनरत छात्रा र दलित विद्याथीहरुलाई जनही नगद ४ सय प्रदान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष लालबहादुर थामीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मेचीनगर ८ वडा सदस्य गंगा पाठकको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यालय शिक्षक अभिभावक संघ अध्यक्ष मिलन विश्वकर्मा, व्यवस्थापन समिति सदस्य डिकबहादुर घिमिरे, राजु मेचे, विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, विद्यालयका चन्दादातालगायतको आतिथ्यता रहेको कार्यक्रममा विद्यार्थी र अभिभावकको बाक्लो उपस्थिति थियो ।
विद्यालयका प्रधानाध्यपक चन्द्रमणी क्षेत्रीले स्वागत तथा कार्यक्रमको औचित्य माथी प्रकाश पारेको थिए । कार्यक्रमको सञ्चालन शिक्षक भद्रमणी दाहालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.