झापा, अषाढ ११ । बिर्तामोड नगरपालिकाका वडा सदस्य तथा मेलमिलाप केन्द्रका संयोजकहरुलाई लक्षित गरी आयोजना भएको तीन दिवशिय देवानी संहिता सम्बन्धी तालिम सकिएको छ ।
नारी सञ्चार गृह झापाले आयोजना गरेको तालिममा बिर्तामोड नगरपालिकाले वित्तीय सहयोग गरेको थियो ।
नारी सञ्चार गृह झापाकी अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा आयोजना भएको तालिमको समापन शत्रमा विर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटीको प्रमुख आतिथ्यता रहेको थियो ।
तालिमको सहजीकरण अधिवक्ताद्वय कमला आचार्य र देवी निरौलाले गरेका थिए । तालिममा ३० जनाको सहभागिता रहेको आयोजक संस्थाकी भुमिका सुब्बाले जानकारी दिईन ।
उपप्रमुख पवित्रा महतरा, पत्रकार महासंघका अध्यक्ष तारामणि सापकोटा, महासंघका उपाध्यक्ष एकराज गिरी, पूर्व अध्यक्ष कृष्ण हुमागाई, साझा मञ्च डटकमका सम्पादक गोपाल काफ्ले, महासंघका सहसचिव केशव भट्टराई, गृहका पूर्व अध्यक्ष सावित्रा दाहाल, सल्लाहकार सदस्यहरु इन्दू पूर्वेली, लीला अनमोललगायतको आतिथ्यता रहेको थियो ।

