अर्थ

आज सरकारले बजेट ल्याउँदै

काठमाडौं, जेठ १५ । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट आज ल्याउदै छ । संघीय संसदको संयुक्त बैठकमा सरकारको तर्फबाट अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्नेछन् ।

त्यसका लागि संघीय संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक दिउँसो ४ बजे बोलाएको छ । संविधानको धारा ११९ मा संघीय सरकारको अर्थ मन्त्रीले प्रत्येक वर्ष जेठ महीनाको १५ गते बजेट ९राजश्व र व्ययको अनुमान० संघीय संसदमा पेश गर्नुपर्ने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.