संघ \संस्था

पालुङ जेसीजद्धारा विश्व पर्यटन दिवसमा जेसीज स्वागत बोर्ड स्थापना

बाहुण्डाँगी । विश्व पर्यटन दिवसको अवसर पारेर पालुङ जेसीजले मंगलवार जेसीज स्वागत बोर्ड स्थापना गरेको छ । मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर ४ सिमभञ्ज्याङमा उक्त स्वागत बोर्ड राखिएको शाखाका महासचिव निराजन रायामाझीले बताउनु भयो ।
पालुङ जेसीज वर्ष २०२२ का अध्यक्ष जयराम खत्रीको सभापतित्व तथा शाखाका २०२० का अध्यक्ष मनोज रायमाझीको प्रमुख कार्यक्रम सम्पन्न भएको हो । २०२२ का पर्यटन संयोजक रविन खत्रीको संयोजकमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा थाहा पाटीका कार्यकारी सम्पादक शम्भु अधिकारी तथा पालुङ जेसीज बर्ष २०२२ का बोर्डका जेसीज पदाधिकारीहरुको उल्लेखेनीय उपस्थिति थियो ।