संघ \संस्था

बाह्रदशी जेसीजलाई जेसीज अफ द मन्थको अवार्ड

बाहुण्डाँगी । स्थापना समयको छोटो समयमा समाजिक क्षेत्रमा अन्यत्तै प्रभावकारी काम गर्दै आएको बाह्रदशी जेसीजले सेप्टेम्बर महिनाको जेसीज अफ द मन्थको अवार्ड प्राप्त गरेको छ । नेपाल जेसीजले बुधवार सार्वजनिक गरेको नतिजा अनुसार एरिया ए का ४२ वटा शाखालाई पछि पार्दै बाह्रदशीले यो अवार्ड प्राप्त गरेको हो । २०२१ मा पोखरा महाधिवशेनबाट पूर्ण स्वीकृति प्राप्त गरेको यो शाखा झापाको कान्छो शाखा हो । बाह्रदशी गाउँपालिकालाई आफ्नो कार्य क्षेत्र बनाएको यो शाखालाई सुरुङ्गा जेसीजले मातृत्व प्रदान हो । अवार्ड प्राप्त गरेपछि शाखाका अध्यक्ष पुष्पराज धमलाले शाखाका सबै साथीहरुको साथ सहयोगमा प्राप्त भएको बताउनु भयो । उहाँले यो अभियानमा साथ दिने सबैलाई धन्यवाद व्यक्त गर्नु भयो । संस्थाको संस्थापक अध्यक्ष बिगम श्रेष्ठ हुन् ।