संघ \संस्था

हेटौडाँ जेसीज सेप्टेम्बर महिनाको उत्कृष्ट शाखा

बाहुण्डाँगी । मकवानपुरको अभिभावक शाखा हेटौडाँ जेसीजले क्षेत्र ख को उत्कृष्ट शाखा अवार्ड प्राप्त गरेको छ ।
नेपाल जेसीजले बुधवार सार्वजनिक गरेको नतिजा अनुसार सेप्टेम्बर महिनाको उत्कृष्ट शाखाको अवार्ड हेटौँडा जेसीजले प्राप्त गरेको हो । २०२२ को सुरुवाती महिनादेखि नै उत्कृष्ट कार्यहरु गर्दै सामाजिक क्षेत्रमा अब्बल साबित बनेको यो शाखाले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको थियो । हालै मात्र देशभरबाट सहभागि गराएर अनलाइन वक्तृत्वकला प्रतियोगिता समेत सम्पन्न गरेको थियो । अवार्ड प्राप्त गरेपछि शाखाका अध्यक्ष पवन कंशाकारले शाखाका पदाधिकारी, सदस्यहरु, पूर्व अध्यक्षहरु, निरुपित नेपाल जेसीजका पदाधिकारीहरुलाई आभार व्यक्त गर्नु भयो । साथै उहाँले आगामी दिनमा समेत शाखाले निरन्तर सामाजिक क्षेत्रमा काम गर्ने बताउनु भयो ।