समाचार

झापाकाे गाैरादहमा गाेली चल्याे, १ जनाकाे मृत्यु, १ जना गम्भीर घाईते

झापा । झापाको गौरादह नगरपालिका वडा न ८ बैराती स्कुल अगाडी एक पुरुषले आफैले पेस्तोल चलाएर आत्महत्या गरेका छन ।

मँगलबार साँझ को समयमा गौरादह ८ बस्ने स्थानीय बिरेन साहले आफ्नै भतिज माथि गोलि प्रहार गरि पुनः आफैंलाई गोलि हानी आत्महत्या गरेको कुरा स्थानीय हरुले बताएका छन् ।

घाइते १४ बर्षिय बालकको नाम खुल्न नसकेको कुरा इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख जितेश दाहालले बताए । घाईते बालकलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएकोछ । मृत्यु भएका बिरन साह पुर्व प्रहरी रहेको बुझिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।