संघ \संस्था

मानव वेचबिखन बिरुद्ध पूर्वी नाकामा सरोकारवालाहरुसँग अन्तरक्रिया सम्पन्न

झापा । बिरता लेडिज जेसिज झापाले नेपाल भारत सिमा क्षेत्रमा हुने मानव वेचविखन सम्बन्धि सरोकारवालाहरुसँग अन्तरक्रिया सम्पन्न भएको छ । आज दिउँसो नेपाल भारत सिमा अन्तरगत काँकरभिट्टा नाका मै अन्तरक्रिया आयोजना गरेर मेचीपुलमाथी कार्यक्रम गरेको हो ।

बीरता लेडिज जेसिजको १९ औँ स्थापना दिवसको अवसर पारेर उक्त चेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा माइति नेपाल, साना हातहरु नेपाल, शहासी महिला, नेपाल प्रहरी लगायत विभिन्न मानव वेचबिखन विरुद्ध काम गर्ने संस्थाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा भारतको तर्फबाट अध्यागमनका प्रतिनिधि, साना हातहरु लगायतको उपस्थिति रहेको थियो । मानव वेचविखनको विरुद्धमा सबैले मिलेर काम गर्नुपर्ने साथै बढ्दो प्रविधिको प्रयोगकको कारण बेचबिखनको शैली परिवर्तन भइरहेकाले सुचना साथै जनचेतनाको कार्यक्रमहरु प्रभावकारी बनाउनुपर्ने साथै दण्ड र सजायलाई समेत निर्मम हुनेखाले कानुनको निर्माण गर्नुपर्नेमा सहभागिहरुले जोड दिए ।

वीरता लेडि जेसिजकी अध्यक्ष सँगिता गिरिको सभापतित्वमा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय प्रमुख ज्ञानकुमार महतो, नेपाल जेसिज केन्द्रिय उपाध्यक्ष स्वस्तिका आचार्य, माईती नेपाल काँकरभिट्टा प्रमुख गोविन्द घिमिरे, उद्धारकर्मीद्वय कन्चना सिटौला र गणेश राईसंगै पत्रकार पर्वत पोर्तेललगायतले मानव वेचविखनको पछिल्लो अवस्था वारे अन्तरक्रिया गरेका थिए ।