काठमाण्डौं, अषाढ २४ । सोमबार मध्यरातमा भैंसेपाटी प्रहरी कारागारको थुनुवा कक्षको रेलिंग काटेर ३ थुनुवा फरार भएका छन् । फरार हुनेहरुमा शमसेर माझी, रुद्रलाल श्रेष्ठ र रवि कुमार तिमल्सिना रहेका छन् ।
उनीहरुको खोजीमा अहिले राजधानीमा ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । रेलिंग काटेर भाग्नेमध्ये २ जना डाका मुद्दाका र एक जना लागुऔषदसँग सम्बन्धित अभियोगमा थुनुवा भएका हुन् । उनीहरुलाई जावालाखेलबाट भैसेपाटी लगिएको थियो । जावालाखेलमा ठाउँ अभावभएपछि भैसेपाटी लगिएका उनीहरु राति नै भागेका हुन् ।

