काठमाडौँ, असार ५ । नेपालमा थप ४२६ जना कोरोना भाइरस कोभिड–१९ संक्रमित भेटिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज ८८ जना महिला र ३३८ जना गरी थप ४२६ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ८२७४ पुगेको छ । जसमध्ये महिला ७०७ र पुरुष ७५६७ जना रहेका छन् । कुल संक्रमितमध्ये २२ जनाको मृत्यु भएको छ भने १४०२ जना निको भएको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

