संघ \संस्था स्वास्थ्य

अन्तर्राष्ट्रिय झापाली समाजद्वारा झापामा पिसिआर मेसिन खरिद गर्न २५ लाख सहयोग

झापा, असार ५ । अन्तर्राष्ट्रिय झापाली समाजले विश्वव्यापि रुपमा फैलिएको कोभिड १९ को महामारीलाई ध्यानमा राख्दै झापा जिल्लामा पिसिआर मेसिन खरिद तथा जडानका लागि २५ लाख सहयोग गर्ने घोषणा गरेको छ । उक्त सहयोग रकम एक को लागि एक अभियान बिर्तामोडलाई उपलब्ध गराईने समाजका प्रवक्ता बालकरी राईले जानकारी दिनुभएको छ ।

नेपालको पूर्वी नाका झापा जिल्ला भारत तथा अन्य देशहरुबाट आउने नागरिकहरुको एउटा प्रमुख नाका समेत भएकोले गर्दा कोभिड १९ को उच्च जोखिममा रहेको जिल्ला भएकोले पिसिआर मेसिन यहाँ हुनु अति आवश्यक महसुस गरी सहयोग घोषणा गरिएको र उक्त रकम एक साता भित्रमा हस्तान्तरण गरिने समाका अध्यक्ष छत्र लिम्बुले जानकारी दिनु भएको हो ।

अहिले पिसिआर मेसिनको अभावको कारण टेस्ट गर्न असुविधा हुने साथै रिपोर्ट पनि ढिलो आउने भएकोले मानिसहरु मनोवैज्ञानिक समस्या बढेको अवस्थामा यो मेसिन स्थापनाले समस्याको समाधान हुनेमा ढुक्क रहेको समाजका महासचिव ख्यामराज जमर कट्टेल बताउद छन ।

यस अघि पनि समाजले ३ वटा एम्बुलेन्स, बाढीपीडित विपन्न नागरिकहरुलाई कमल गाँउपालिकामा ९ वटा घर निर्माण, कोभिड १९ कै महामारीमा झापाका १५ वटै पालिकाहरु तथा जिल्ला प्रशासन कार्यालय गरी जम्मा १६०० पिसिआर किट वितरण गरिएको समाजका प्रवत राईले बताए ।

Leave a Reply

Your email address will not be published.