स्वास्थ्य

प्रदेश १ छिट्टै कोरोना मुक्त प्रदेश घोषणा हुन्छ: मन्त्री घिमिरे

झापा, असार ३ । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले छिट्टै प्रदेश १ लाई कोरोना मुक्त प्रदेश घोषणा गर्ने बताएका छन्  ।

बुधबार मेचीनगरक्षेत्रको क्वारेण्टिन र होल्डिङ सेन्टरको स्थलगत निरीक्षणका क्रममा काँकरभिट्टाका आएका मन्त्री घिमिरेले स्थानीय पत्रकारहरुसँग कुरा गदैं अन्य प्रदेशको तुलनामा १ नम्बर प्रदेश यसको नियन्त्रण र संक्रमण फैलिन नदिन निक्कै सक्रियपुर्वक लागि परेको दावी गदैं प्रदेशभरिका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत सवै पालिकाहरु र आम प्रदेशवासीको सक्रियताका कारण अहिलेसम्म १ नम्बर प्रदेशमा कोरोनाको संक्रमणको स्थिति भयावह नदेखिएको बताए  ।

विदेशबाट आएका बाहेक उदयपुर र धनकुटाका एक ÷ एकजनामा यसको संक्रमण देखिएको भएपनि सवै निको भएको भन्दैं मन्त्री घिमिरेले अहिलेसम्म १ नम्बर प्रदेशमा जति संक्रमित छन् सवै भारतलगायत तेस्रोमुलुबकाट आएका व्यक्तिमात्र रहेको जानकारी दिए  । यसको संक्रमण देखिएका ८० प्रतिशत आफै ठीक हुने, २० प्रतिशतलाई उपचार चाहिने  त्यसमा पनि १२ प्रतिशतबढी निको भएर जाने गरेको उनको  भनाई थियो ।

उनले विराटनगर, धरान, गोठगाउँमा यसको उपचार सेवा सञ्चालन गरेको भएपनि सुनसरीको चतरा र झापाको मेचीनगरबाट तत्काल सेवा सञ्चालन हुने प्र्रष्ट पारे । यसको नियन्त्रणमा अहिले देशका तीनै तहका सरकार एकसाथ समन्वय गरी अघि बढेका कारण नेपाली जनताले संघीयता सहि रहेछ भन्ने कुरा बुझेको समेत बताए  ।
प्रदेशभरिका अन्य अस्पतालाई यसको संक्रमणबाट जोगाएर अन्य उपचार सेवा दिनकै लागि विराटनगर र धरानमामात्र कोभिड १९ को उपचारको व्यवस्था मिलाईएको मन्त्री घिमिरेको भनाई थियो । अब अहिले झापामा कोभिड अस्पताल निर्माण गर्ने तयारीमा प्रदेश सरकार रहेको उनको  भनाई थियो  ।

Image may contain: 3 people, people standing

मेची अञ्चल अस्पतालको नवनिर्मित भवनमा कोभिड हस्पिटल निर्माण गर्ने र भद्रपुरमै पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याइने मन्त्री घिमिरेले प्रष्ट पारे  । मन्त्री घिमिरेले मेची अञ्चल अस्पताल भद्रपुरको उपचारलाई विश्वशनिय र भरपर्दाे बनाउने बताउदै अस्पतालको सेवालाई अझै गुणस्तरीय बनाउन उपकरण, जनशक्ति र पूर्वाधार विकासका लागि प्रदेश सरकारले २३ करोड रुपैया विनियोजन गरेको स्पष्ट पारे  ।

अस्पतालको उपचार सेवालाई थप गुणस्तरीय बनाउन सो रकम विनियोजन गरिएको बताउदैं उनले अब मेचीको उपचार सेवा दशेभरकै नमूना हुने र अन्य अस्पतालकालागि लागि उदारहणिय बन्ने विश्वास व्यक्त गरे  ।

Image may contain: one or more people and people standing

प्रादेशिक मेची अस्पतालमा अब सिटी स्क्यान, हेमोडाइलोसिस सेवा र भेन्टिलेटरसहित सघन उपचार कक्ष विस्तार गरेर अन्य सेवाको गुणस्तर सुधार लैजाने बताए ।

प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले झापाको मेचीनगरमा सञ्चालनको तयारीमा रहेको कोरोना आइसोलेट होल्डिङ सेन्टरको निरीक्षण  गदैं विहीवारदेखि सञ्चालनमा आउने मेचीनगरको धाइजन ११ स्थित स्वास्थ्य चौकीको भवनलाई नै आइसोलेट होल्डिङ सेन्टरको स्थलगत अवलोकन गदैं जानकारी  लिएका थिए   । यसलाई प्रदेश सरकारले थप सहयोग गर्दै आइसोलेट होल्डिङ सेन्टरको मान्यता दिएको र तत्काल १० लाख रुपैयाँ दिने समेत बताए  ।

धाइजन आइसोलेट होल्डिङ सेन्टरमा ३५ जनासम्म राख्न सकिने क्षमता हुने छ । जहाँ पीसीआर परीक्षणमा पोजेटिभ देखिएका लक्षणविहीन कोरोनाका विरामीहरुलाई राखिने मन्त्री घिमिरेले बताए  ।भेन्टिलेटर र आइसीयु सुविधा आइसोलेट होल्डिङ सेन्टरमा हुने छैन । राखिएका विरामीमा स्वाश्प्रश्वास र अन्य कुनै स्वास्थ्य समस्या देखा परेमा विराटनगर, , गोठगाउँ र धरानको कोभिड हस्पिटलमा लगिने मन्त्री घिमिरेले जानकारी दिए  ।

नगरमा स्थापना गरिएका क्वारेण्टिन तथा  आइसोलेट होल्डिङका बारेमा मन्त्री घिमिरे प्रदेशसभा सदस्य बशन्त वानियाँलगायतको टोलीलाई मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती नेपाली सेनाको नयाँ  श्रीनाथ गणका क्याप्टेन विजय काफ्ले, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेल, मेचीनगर वडानम्बर ११ का वडाध्यक्ष सन्तोष मेचे,नेपाली नागरिक विदेश आगमन सहजिकरण समितिका संयोजक जनक कोइराला स्वास्थ्य कार्यालय झापाका महामारी रोग फोकल पर्सन जीवन चौलागाईँ लगायतले जानकारी गराएका थिए  ।  निरीक्षण क्रममा, मेचीनगर ४ र ६ का वडाध्यक्षहरु नवीन वराल ललितबहादुर तामाङ, अन्य स्वास्थ्यकर्मीलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.