खेलकुद

भृकुटीलाई पराजित गर्दै समिर क्रिकेट क्लब फाइनलमा प्रवेश

मेचीनगर । झापाको मेचीनगर ८ स्थित मेची विद्योदय आधारभूत विद्यालयको खेल मैदानमा जारी “प्रथम टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट २०७९” को पहिलो सेमिफाईनलको खेल सम्पन्न भएको छ । जसमा समिर क्रिकेट क्लब मेचीनगर ८ विजयी भएको छ ।

मंगलबार भएको प्रतियोगिताको पहिलो सेमिफाईनल खेलमा भृकुटी क्रिकेट क्लब मेचीनगर २ लाई ७४ रनले पराजित गर्दै समिर क्रिकेट क्लब फाइनल प्रवेश गरेको छ । टस हारेर व्याटिङ्गको निम्तो पाएको समिर क्रिकेट क्लबले निर्धारित ओभर खेलेर १४९ रन जोडेको थियो । १५० रनको तार्केट पाएको भृकुटीले सबै विकेट गुमाएर ७० रन मात्रै जोड्न सक्यो ।

खेलमा उत्कृष्ट प्रदर्शनी गरेका विजेता टिमका नुरि निशार खेलको म्यान अफ द म्याच घोषित भए ।

मेचीनगर नगरपालिका वडा नम्बर ८ र रोट्र्याक क्लब अफ मेचीनगरको संयुक्त आयोजना रहेको प्रतियोगिताको अन्तिम सेमीफाइनल खेल माघ २० गते हुने छ । विजेता टिमले नगद ५० हजार र उपविजेता टिमले २५ हजार प्राप्त गर्ने प्रतियोगिताको फिाइनल खेल माघ २८ गते हुने आयोजकले जनाएको छ ।