संघ \संस्था

झापाको माइधारदेखि दोमुखा जाने सडक कालोपत्रे गर्न शिलान्यास

माइधार । झापाको माइधारदेखि पर्यटकीय क्षेत्र दोमुखा जाने सडक कालोपत्रे हुने भएको छ । यसै आर्थिक वर्षमा सम्पन्न हुने गरी सडक कालोपत्रे गर्न लागिएको हो । सडकको प्रतिनिधिसभा सदस्य एलपी सावाँले मंगलवार शिलान्यास गरेका छन् ।

सतासी निर्माण सेवा कम्पनीले कालोपत्रे गर्ने ठेक्का लिएको हो । करिव २९ सय मिटर सडक कालोपत्रे हुने शिवसताक्षी नगरपालिकाका प्रमुख रोशन थोप्राले बताए । सकलाई सेल्फी राडका रुपमा विकास गर्ने नगरपालिकाको योजना छ ।

सडक चार करोड २४ लाख ८३ हजार रुपैयाँमा ठेक्का लागेको हो । सडक सातमिटर चौडाईको हुनेछ ।