समाचार

नेपाललाई हेप्दै सिमामा बनाएको बाँध भत्किदा भारतीय बस्ती पुरै डुब्यो

काठमाण्डौ, अषाढ २८ । नेपाली सिमानामा भारतले एकतर्फी रुपमा बनाएको बाँध फुटदा भारतीय बस्ती पुरै डुवानमा परेको छ । भारतले एकतर्फी बाध बाधेपछि नेपालको रौतहटको गौर डुबानमा परेको थियो । तर भारतको त्यो ज्यादती पानी बढेसंगै बाढीले टिक्न दिएन् । बाँध फुटेर बाढीको पानी भारततर्फ बगेपछि रौतहटमा पानीको सतह घट्न थालेको हो ।
सिमानाको बाँध भत्केर पानी बग्न थाले पछि गौर क्षेत्रमा जमेको पानी निकास हुन थालेको छ भने उता ‍भारतीय बस्तीहरु डुबानमा परेका छन् । विहारका बैरगनिया, अशोगी, भकुरहर, सिन्धुलियालगायत बस्दी डुबानमा परेपछि स्थानीयय बासिन्दा जोखिममा परेको बताइएको छ ।
बाध फुटेको भएता पनि फेरी भारतिय पक्षले बाढी रोक्नको लागी पहल गरिरहेको स्थानियले जानकारी दिएका छन् । भारतको बैरगनिया र रौतहटको गौरको बीचमा रहेको भारतीय बाँधका कारण सदरमुकाम गौरसहित रौतहटका अधिकांश बस्ती डुबानमा परेका छन् ।
यसैगरी बाढीले बकैया नदीको हर्साहा, भसेढवा, कटहरिया, बुनियाद, तेजापाकड, लौकाहा, बन्जरहा लगायतका दर्जन गाउँ उच्च जोखिममा छन् । यस्तै अर्को बागमती नदीको बाध भत्किएर गढिमाइ लक्ष्मिपुर, मत्सरी, गढो, बडहर्वा, बसतपुर, ब्रहम्पुरी, हजरिया लगायतका गाउँ उच्च जोखिमा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.