संघ \संस्था

सुर्खेत महिला जेसीजद्वारा छात्राहरुलाई आत्मसुरक्षा तालिम

बाहुण्डाँगी । सुर्खेत महिला जेसीजले छात्राहरुलाई आत्मसुरक्षा तालिम समापन भएको छ । शुक्रबार अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर सुर्खेत महिला जेसीजले अमरज्योती मा।वी। नेवारेमा आत्मसुरक्षा तालिमको सम्पन्न गरेको हो ।

महिलामाथिको बढ्दो हिंसा न्यूनीकरण गर्ने उद्देश्यले महिला आत्मसुरक्षा तालिम एवं सचेतना अभियान सञ्चालन गरिँदै आएको सुर्खेत महिला जेसिजले जनाएको छ।

कराँते प्रशिक्षक सोना थापा र पशुपति बुढा ले कक्षा ८ र ९ का लगभग ३५० जना छात्राहरुलाई आत्मसुरक्षा तालिम दिएकी थिइन् । महिलाहरू आफैले आफ्नो सुरक्षा गर्न सकुन भनेर विशेष गरेर विद्यालयमा अध्ययनरत किशोरीहरूका लागि आत्मसुरक्षा तालिमको सुरुवात गरिएको सुर्खेत महिला जेसिजकी महासचिव कमला बस्यालले जानकारी दिनु भयो ।
कार्यक्रम शाखाकी अध्यक्ष सीता भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्तममा शाखाका पूर्व अध्यक्षहरुको समेत सहभागिता रहेको थियो ।