संघ \संस्था

बाहुण्डाँगी जेसीजको एमआइस अपडेट तालिम सम्पन्न

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजको एमआइस अपडेट तालिम सम्पन्न भएको छ ।
शुक्रवार बाहुण्डाँगीको हात्ती रिसोर्टमा शाखाका पदाधिकारी तथा संयोजकहरुको सहभागितामा तालिम सम्पन्न भएको हो । शाखाका बोर्डका पदाधिकारीहरुको नेपाल जेसीजको वेवसाइडमा मेनेजमेन्ट इन्फरमेशन सिस्टम (एमआएएस) भर्नु पर्ने हुन्छ । २०१९ देखि सुरु भएको यो सिस्टममा हरेक वर्ष शाखाका नयाँ पदाधिकारीको सबै विवरण अपेटड गर्ने गरिएको छ ।

सोही अनुरुप शाखाले तालिमको आयोजना गरेर यस वर्षको पदाधिकारीहरुको सबै विवरण भरिएको महासचिव नित्यानन्द चम्लगाईले बताउनु भयो ।
२० जना सहभागि तालिमको सहजीकरण देबु बानियाँले गरेका थिए । शाखाका अध्यक्ष केवल निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव नित्यानन्द चम्लगाईले गरेका थिए ।