संघ \संस्था

पनौती जेसीज २५ औ वर्षमा प्रवेश, स्थापना दिवसमा स्टेशनरी सामाग्री वितरण

बाहुण्डाँगी । पनौती जेसीज बुधवारबाट २५ औँ वर्षमा प्रवेश गरेको छ। । २५ वर्ष अघि काभ्रे जेसीजको मातृत्वमा संस्थापक अध्यक्ष सुरेश सैँजुको नेतृत्वमा स्थापना भएको थियो । नेपाल जेसीज २०२३ का अध्यक्षको प्रकरणका साथ अघि बढ्दै गरेको नेपाल जेसीजको शाखा पनौती जेसीजको स्थापना दिवसको अवसरमा सचि गुरुकुलका विद्यार्थीहरुलाई स्टेसनरीका सामाग्री हस्तान्तरण गरेको छ । यहाँ अध्ययनरत १६ जना विद्यार्थीहरुलाई विभिन्न शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।


“२५ औँ स्थापना दिवस रजत जयन्ती तथा स्टेशनरी वितरण कार्यक्रम“ पनौती जेसिज वर्ष २०२३ का अध्यक्ष राजेन्द्र महाजुको सभापतित्व तथा नेपाल जेसिज वर्ष २०२३ का राष्ट्रिय अध्यक्ष जेसिआई सिनेटर विकास मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्टिय अध्यक्ष मानन्धरले पनौती जेसीजले नेपाल जेसीजमा फरक पहिचान बनाउँदै विभिन्न कार्यक्रमहरुका साथ अघि बढिरहेको र समाजमा सकारात्मक सन्देश दिँदै आएको बताउनु भयो । साथै उहाँले आफुलाई राष्टिय अध्यक्ष बनाउनका लागि खेलेको भूमिकाको प्रंशंसासहित धन्यवाद दिनु भयो । साथै उहाँले पनौती जेसीजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा पहिचान कायम गर्नका लागि गर्नुपर्ने साथ तथा सहयोगका लागि आफू हरदम तयार रहने बताउनु भयो ।


कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष सैजुले पूर्वअध्यक्षको अनुभव तथा वर्तमान अध्यक्षको ऊर्जा लिई अघि बढ्न सकेमा पनौती जेसिज अघि बढ्न सक्ने कुरामा कुनै शंका नै गर्न नपर्ने तथ्य व्यक्त गर्नुभयो ।
कार्यक्रमका शाखा अध्यक्ष राजेन्द्र महाजुले २५ औँ वर्ष लाई २५ वटा कार्यक्रम गरी गौरवमय इतिहास रच्ने अभियान शुरु भएको भनी गरिएको घोषणा समेत गर्नु भएको थियो ।


कार्यक्रममा नेपाल जेसीज वर्ष २०२३ का उपाध्यक्ष राजाराम गौतम, पनौती जुनियर जेसीजका संस्थापक अध्यक्ष जेसी राजन कर्माचार्य, पनौती वडा नं ७ का वडाध्यक्ष सविन ताम्राकार, पनौती उद्योग बाणिज्य संघ, लायन्स क्लब अफ काभ्रे मल्पी, रोट्रयाक्ट क्लब अफ पनौती, पनौती पर्यटन विकास केन्द्र, हली नेवा गुठि, दुग्धेस्वर युवा क्लब, लगायतका अध्यक्ष तथा प्रतिनिधि, पनौती जेसिज तथा पनौती जुनियर जेसिजका पूर्वअध्यक्षहरु सहित ५० जनाको उपस्थिति रहेको थियो ।


कार्यक्रम गुरुकुलका बटुकबाट स्वस्ती शान्ति गर्दै दिपप्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो । कार्यक्रमका संयोजक सिजन सुधाकारको र सञ्चालन महासचिव राधिका कर्मचार्यले गर्नु भएको थियो ।