संघ \संस्था

हेटौडाँ लेडीद्धारा हार्पिक र फिनेल बनाउने तालिम

बाहुण्डागी । हेटौडाँ लेडी जेसीजद्धारा हार्पिक र फिनेल बनाउने तालिम सम्पन्न भएको छ । हेटौँडा ११ सिमलटारमा आयोजित एक कार्यक्रममा त्यहाँका मानिसहरुको आर्थिक विकास गर्ने उदेश्यले तालिमको आयोजना गरिएको थियो ।

त्यहाँका रहेका करिब २१ सय भूमिहिन सुकुम्बासी बस्तीमा आय आर्जन गर्ने अवस्ता निर्माणका लागि तालिम आयोजना गरिएको थियो । जेसीजद्धारा हरेक व्यक्ति व्यवसायी बन्नु पर्छ भन्ने मान्यताका साथ तालिमको आयेजना गरिएको हो । तालिमको सहजीकरण राधिका चौलागाईले गर्नु भएको थियो भने तालिममा करिब ५० जना महिलाहरुको सहभागिता रहेको थियो ।

शाखाकी अध्यक्ष दिलमाया घर्ती (दिलु) को सभापतित्व तथा वडा नम्बर ११ का सदस्य गोपिन सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा तालिम सम्पन्न भएको हो । तम्रता श्रेष्ठको संयोजनामा भएको कार्यक्रममा आस्था पाठ रञ्जु पुडासैनी, स्वागत मन्त्व्य कुसु पडित तथा सञ्चालन महासचिव सरस्वती थिङ केसिले गर्नु भएको थियो ।