संघ \संस्था

बीसहजार जेसीजको दिगो विकासका लक्ष्य सम्बन्धी अन्तरक्रिया

बाहुण्डाँगी । बीसहजार जेसीजद्धारा आयोजित SDG Goal No 3 Good Health and well – being  कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मिग्रौला, पेट तथा कलेजो सम्बन्धी सहभागिले जिज्ञासा राखेका थिए । सहभागिको प्रश्नलाई कार्यक्रमको प्रमुख बक्ताका रुपमा पेट , कलेजो रोग बिशेषज्ञ, तथा नेपाल लिभर कियर फाउन्डेसनका सस्थापक अध्यक्ष डा. सागर पौडेलले सहजीकरण गर्नु भएको थियो ।


चितवनको युनाइटेड टेक्निकल कलेजमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका पूर्व अध्यक्ष जेसीआई सीनेटर अरुनेश्वर खनाल रहनु भएको थियो । शाखाकी अध्यक्ष प्रमिला सुवेदी खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा बीसहजार जेसीजका पुर्ब अध्यक्ष तथा नेपाल जेसीज पुर्ब राष्ट्रिय उपाध्यक्ष जनकराज घिमिरे, निबर्तमान अध्यक्ष बेदराज न्यौपाने तथा बोडका सदस्यहरुको सहभागिता रहेको थियो ।
विजय न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव नविन बगालले गर्नु भएको थियो ।