बाहुण्डाँगी । बीसहजारद्धारा जेसीजद्धारा दिगो बिकास लक्ष्य नं ४ गुणस्तरिय शिक्षामा आधारित रहेर अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रवार भरतपुर ५ स्थित अर्बिट कलेजमा आयोजित एक समारोहकाबिच विद्यार्थीहरुमा गुणस्तरीय शिक्षा कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रियासहित प्रश्नोत्तर कार्यक्रम सम्पन्न गरिएको हो । कलेजका कक्षा ११ मा अध्ययनरत बिधार्थीका माझ सेन्टल कलेज अफ भोकेशनत तालिम पा. लि का प्रिन्सपल यज्ञप्रसाद पौडेले सहजीकरण गर्नु भएको थियो । उहाँले कक्षा ११ र १२ का विद्यार्थीहरु धेरै जसो पढाइमा हेल्चेक्राइ गर्नाले भविष्य नै अन्धकार बनाउँदै आएको बताउनु हुँदै यो उमेरमा अन्य क्षेत्रमा भन्दा पढाइमा बढी ध्यान दिनु पर्र्ने बताउनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि हिसान चितवनका अध्यक्ष तथा अर्बिट कलेजका अध्यक्ष दिपेन्द्र ढकालले शिक्षा क्षेत्रका महत्वपूर्ण कक्षा नै कक्षा ११ र १२ भएकाले अभिभावकहरुले पनि विद्यार्थीहरुलाई विशेष ध्यान दिएर साथ दिनु पर्ने र विद्यार्थीहरुले पढाइमा सजग भएर लाग्नु पर्ने अवस्था रहेको बताउनु भयो ।
कार्यक्रममा अर्बिट कलेजका प्रिन्सिपल, रामप्रसाद अधिकारी, नेपाल जेसीज पूर्वm राष्ट्रिय अध्यक्ष जेसीआई सीनेटर अरुनेश्वर खनाल, अर्बिट कलेज पल्स टु संयोजक देवी प्रसाद बन्जरा, अर्बिट स्कुल इन्चार्ज नारायण गौतम , बीसहजार जेसीज पूर्व अध्यक्ष सीनेटर रेशमराज शर्माले गुणस्तीय शिक्षाका लागि विद्यार्थी अभिभावक र विद्यालयबिच सहकार्य हुनु पर्ने बताउनु भएकाmे थियो ।

बीसहजार जेसीजका अध्यक्ष प्रमिला सुबेदीको अध्यक्षतामा भयको कार्यक्रममा स्वागत बिजय न्यौपाने र महासचिव नबिन बगालेले सञ्चालन गर्नु भएको थियो ।
स्मरण रहोस यस शाखाले यस अघि विश्व शान्तिका लागि अभियान, स्वास्थ्य सम्बन्धी अन्तरक्रिया, समृद्ध राष्ट सम्बन्धी अन्तरक्रिया तथा विभिन्न क्षेत्रका व्यक्तिहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ ।

