अर्थ संघ \संस्था

झापा : पालिकाहरुमा बेरुजु बढ्दो

बिर्तामोड । झापाका पालिकाहरुमा बेरुजु रकम बढ्दो अवस्थामा देखिएको छ । महालेखापरीक्षकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा धेरै बेरुजु अर्जुनधारा नगरपालिकामा देखिएको हो ।

एकै बर्षमा अर्जुनधारा नगरपालिकामा १४.३८ प्रतिशतले बेरुजु बढेको देखिएको हो । आव ०७७/७८ मा ४.०४ प्रतिशत रहेको अर्जुनधाराको बेरुजु गत आवमा बढेर १९.४२ प्रतिशत पुगेको महालेखापरीक्षकको कार्यालयले प्रकाशित गरेको बार्षिक प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै दोस्रो धेरै बेरुजु हुनेमा बिर्तामोड नगरपालिका रहेको छ । बिर्तामोडमा एकै बर्षमा बेरुजु दोब्बरले बढेको छ । आव ०७७/७८ मा ६.२३ प्रतिशत रहेको बिर्तामोडको बेरुजु गत आवमा बढेर १२.१२ प्रतिशत पुगेको हो । आव ०७६/७७ मा महालेखापरीक्षकको कार्यालयले बिर्तामोडको बेरुजु नै देखाएको थिएन । तर गत दुई आवमा बिर्तामोडको बेरुजु ह्वात्तै बढेको देखिएको छ ।

झापाका छ पालिकाले ३ प्रतिशत भन्दा कम बेरुजु कायम गरेका छन् ।