झापा । झापाको बुद्धशान्तिमा स्कुल बसको ठक्करबाट शनिवार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका- ४ निवासी ८ वर्षीया सोमिया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बुद्धशान्ति- ४ स्थित जोरलाबरको भित्री सडक खण्डमा पश्चिम तर्फबाट पूर्व तर्फ जाँदै गरेको ना ४ ख १३१३ नम्बरको शान्ति आदर्श माध्यमिक विद्यालय शान्तिनगरको बसले बाटोमा हिँड्दै गरेकी तामाङलाई ठक्कर दिएको थियो ।
घाइते भएका उनको बिर्तामोडस्थित बिएण्डसि अस्पतालमा उपचारको क्रममा ५ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । यता प्रहरीले स्कुल बस चालक इलाम जिल्ला रोङ गाउँपालिका ५ निवासी ५२ वर्षीय प्रेम कुमार राईलाई नियन्त्रणमा लिएको छ ।

