काठमाडौं, जेठ ८ । नेपालमा कोरोना भाइरस कोविट–१९ का कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ।
रुपन्देहीको मणिग्राममा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको हो । भेन्टिलेटरमा उपचार भइरहेका उनको बिहीबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको क्रिमशन अस्पतालले जनाएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ । जसमध्ये ४५ जना निको भएर घर फर्की सकेका छन् ।

