स्वास्थ्य

झापामा ८ सहित ९ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या ४५३ पुग्यो

काठमाडौं, जेठ ८ । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा रुपन्देहीका १ र झापाका ८ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका हुन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । जसमा ३ जनाको मृत्यू भएको छ । ४९ जना निको भएर घर फर्किएक छन् ।

यसअघि आजै नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमा झापा कचनकवल गाउँपालिका वडा नम्बर ३, ६ र ८ का मात्रै १५ जना रहेका थिए। उनीहरु १८ देखि ४६ वर्षका पुरुषहरु छन् । त्यस्तै धनकुटाका ३४ वर्षीय पुरुष र सुनसरी धरान उपमहानगरपालिकाकी ५१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published.