विविध

युवा विद्यार्थी एक सय रुपैयाँ अभियानले दियो सुरक्षाकर्मीलाई सोलार र विपन्नलाई राहत

झापा, जेठ ८ । युवा विद्यार्थी एक सय रुपैयाँ अभियान मेचीनगरले सुरक्षाकर्मी र विपन्नलाइ सहयोग गरेको छ ।

राष्ट्रिय यूवा संघ नेपालका नेता लुसन तिवारीको नेतृत्वमा साबिक बाहुण्डागी गाविस अन्तर्गत अभियानले बिहिबार प्रदेश सांसद श्रीप्रसाद मैनाीको प्रमुख आतिथ्यतामा सहयोग सामाग्री वितरण गरेको छ ।

सत्तारुढ दल नेकपा निकट राष्ट्रिय यूवा संघ नेपाल र अनेरास्ववियू विद्याथी संगठन मेचीनगरद्वारा सञ्चालित युवा विद्यार्थी एक सय रुपैयाँ अभियानले देश र जनताको सुरक्षका लागि सिमामा अस्थायी रुपमा टहरा बनाएर खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तीन थान सोलार प्यानल र दुईवटा टर्चलाईट प्रदान गरेको छ ।

त्यसैगरी अभियानले बिहिबार नै सरकारले कोरोना संक्रमण नियन्त्रण तथा रोकथाका लागि जारी गरेको लकडाउनका कारण समस्यामा परेका मेचीनगर वडा नम्बर ३ का विपन्न १५ परिवारलाई प्रती परिवार १० केजी चामल र एक पोका नुन राहत स्वरुप वितरण गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश सांसद मैनालीले अहिलेको विपतको समयमा युवा विद्यार्थीहरुले एक सय रुपैयाँ अभियान चलाएर समस्यामा परेका नागरिकलाई सहयोग पुर्याउने कार्य प्रशंसनिय रहेको बताए । साथै उनले अस्थायी रुपमा सिमामा रहेर देश र जनताको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई व्यवस्थित बनाउन आफुले सम्बन्धीत निकायमा पहल गर्ने बताए ।

अनेरास्ववियूका नेता सन्तोष धमलाले सञ्चालन गरेको कार्यक्रममा नेकपा जिल्ला कमिटि सदस्य निलकण्ठ तिवारी, नेकपा मेचीनगर अध्यक्ष माधव अर्याल, सचिव राजु पोखरेल, राष्ट्रिय यूवा संघ नेपालका नेता सरोज मेहरालगायतका यूवा तथा विद्याथीनेताहरुको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.