स्वास्थ्य

थप ३ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या ४५७ पुग्यो

काठमाडौं, जेठ ८ । विहीबार साँझ नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा बाँकेको नैनापुर–३ का ३२ वर्षीया पुरुष, खजुरा–३ निवासी ४२ वर्षीय महिला र कपिलवस्तुको सुद्दोधन गाउँपालिका निवासी १९ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमित मध्ये तीन जनाको मृत्यु भएको छ भने ४९ जना निको भएर घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published.